+

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

२०८३ मंसिर  ९ गते १३:१६ २०८३ मंसिर ९ गते १३:१६

१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन्।

आगामी सिजनको अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन्। विदेशी खेलाडीको दर्तामा नेपाल र यूएईबाट समान १०–१० खेलाडी रहेका छन्।

नेपालभन्दा बढी खेलाडी दर्ता गराउने एसोसिएट राष्ट्रमा अमेरिका मात्रै छ। अमेरिकाबाट १३ खेलाडीले नाम दर्ता गराएका छन्। यस्तै, क्यानडा, जापान र स्कटल्यान्डबाट समान २ तथा नेदरल्यान्ड्सबाट ३ खेलाडीले नाम दर्ता गराएका छन्।

अक्सन रजिस्टरमा ४२ एसोसिएट राष्ट्रका खेलाडी छन्। अक्सनअघि फ्रेन्चाइज टोलीहरूले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन्। त्यसैले अक्सनबाट अधिकतम ६६ खेलाडीको स्थान पूर्ति हुनेछ। तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि उपलब्ध छन्।

नेपालका १० खेलाडीको नाम दर्ता भए पनि उनीहरूमध्ये कति खेलाडी अन्तिम अक्सन सूचीमा पर्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ।

आईपीएल अक्सन आईपीएलमा नेपाली खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय