+
१०औं राष्ट्रिय खेलकुद :

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

२०८३ मंसिर  ९ गते १७:२५ २०८३ मंसिर ९ गते १७:२५

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए।

तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै बराबरी गर्‍यो। कोशीका मिलन राईले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने ७८औँ मिनेटमा पदम भट्टराईले अर्को गोल थपे।

दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका सञ्जीव अर्यालले पहेँलो कार्ड पाए।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २:३० बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेश भिड्नेछन्।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय