News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले बिहीबार इरफान पठानको उपस्थितिमा आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ ।
- एपमार्फत टोलीसम्बन्धी जानकारी, खेलाडी विवरण, खेल तालिका, मर्चेन्डाइज खरिद र फ्यान सदस्यता लिन सकिनेछ ।
- वार्षिक सदस्यताअन्तर्गत भीआईपी क्लब, द एभेन्जर्स र गण्डकी सपोर्टर्स कार्डका सदस्य बन्ने सुविधा पनि एपमा राखिएको छ ।
काठमाडौं । पोखरा एभेन्जर्सले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ ।
आईसीसी टी२० टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीका पूर्व स्टार खेलाडी इरफान पठानले बिहीबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच एपको औपचारिक शुभारम्भ गरेका हुन् ।
पोखरा एभेन्जर्सका समर्थक तथा क्रिकेटप्रेमीलाई टोलीसँग अझ नजिक जोड्ने उद्देश्यले एप सार्वजनिक गरिएको हो। एपमार्फत पोखरा एभेन्जर्ससँग सम्बन्धित सम्पूर्ण जानकारी, खेलाडीहरूको विवरण तथा प्रतियोगिताको खेल तालिकालगायतका जानकारी प्राप्त गर्न सकिनेछ।
एपमा पोखरा एभेन्जर्सका आधिकारिक मर्चेन्डाइजहरू पनि समावेश गरिएको छ । समर्थकहरूले एपमार्फत टोलीका आधिकारिक मर्चेन्डाइज खरिद गर्न सक्नेछन् । साथै, विशेष छुटमा मर्चेन्डाइज उपलब्ध हुने व्यवस्था पनि गरिएको छ ।
यसका अतिरिक्त एपमार्फत समर्थकहरूले विभिन्न फ्यान मेम्बरसिप लिन सक्नेछन्। वार्षिक सदस्यताअन्तर्गत भीआईपी क्लब, द एभेन्जर्स र गण्डकी सपोर्टर्स कार्डका सदस्य बन्न सकिने सुविधा एपमा उपलब्ध गराइएको छ ।
डिजिटल प्रविधिको प्रयोगमार्फत समर्थकलाई टोलीका गतिविधि, खेलाडी तथा खेल तालिकाको जानकारी सहज रूपमा उपलब्ध गराउनुका साथै मर्चेन्डाइज खरिद र सदस्यता लिनसमेत सहज बनाउने पोखरा एभेन्जर्सको लक्ष्य रहेको छ ।
आधिकारिक एप सार्वजनिक भएसँगै पोखरा एभेन्जर्सले आफ्नो डिजिटल उपस्थितिलाई थप विस्तार गर्दै समर्थकसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरेको छ ।
प्रतिक्रिया 4