News Summary
Generated by OK AI. Editorially reviewed.- कप्तान सोनी पाख्रिनको अलराउण्ड प्रदर्शनमा नेपाली यू-१९ महिला टोलीले चीनको जिङ्ग्सुमा भइरहेको बेल्ट एण्ड रोड सिरिजमा थाइल्यान्डलाई ५२ रनले हरायो ।
- नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनायो ।
- १०१ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.२ ओभरमा ४८ रनमा अलआउट भयो, र सोनीले ३ विकेट लिएर प्लेअर अफ दि म्याच जितिन् ।
२० कात्तिक, काठमाडौं । कप्तान सोनी पाख्रिनले अलराउण्ड प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा तेस्रो जित हात पारेको छ ।
नेपालले शुक्रबार भएको खेलमा थाइल्यान्डलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । सोनी पाख्रिनले ३२ र सना प्रभिनले ३० रन बनाए ।
१०१ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.२ ओभरमा ४८ रनमा अलआउट भयो ।
थाइल्यान्डलाई अलआउट गर्न कप्तान सोनीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए ।
हङकङलाई अलआउट गर्न नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिए । साक्षी यादवले २ विकेट लिइन् ।
खेलमा नेपालकी कप्तान सोनी पाख्रिन प्लेअर अफ दि म्याच घोषित भइन् ।
नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीन विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।
चार टोली सहभागि सिरिजमा हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछ । नेपालले आफ्नो पाँचौ खेल शनिबार चीनसँगग खेल्नेछ ।
प्रतिक्रिया 4