+

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२०८३ कात्तिक  २२ गते १३:४८ २०८३ कात्तिक २२ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको दोस्रो खेलमा नेपाल यूएईविरुद्ध ४१ ओभरमा १५३ रन बनाएर अलआउट भएको छ।
  • नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रन जोडे।
  • यूएईका नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ र नूरउल्लाह अयोबीले २ विकेट लिए।

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

एसीसी यू-१९ एसिया कप नेपाली यू-१९ क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय