+

ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त

२०८३ मंसिर  १३ गते १९:०८ २०८३ मंसिर १३ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् ।
  • यूएईले नेपालमा डिसेम्बर ४ देखि २१ सम्म हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
  • यूएईले डिसेम्बर ५ मा जर्सी, ७ मा क्यानडा, १० मा नेपालसहित सात टोलीसँग खेल्नेछ ।

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् ।

यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका लागि घोषणा गरेको १५ सदस्यीय टोलीको सपोर्ट स्टाफमा मल्ललाई ब्याटिङ प्रशिक्षकका रूपमा समावेश गरेको हो ।

यूएईले आइतबार सार्वजनिक गरेको टोलीको मुख्य प्रशिक्षकमा अहमद राजा छन् । मल्लले ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

यूएईको टोलीमा वृत्या अरविन्द र जुनेद सिद्दिकीले पुनरागमन गरेका छन् ।

नेपालमा डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगितामा यूएईले सात खेल खेल्नेछ । यूएईले डिसेम्बर ५ मा जर्सीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि डिसेम्बर ७ मा क्यानडा र डिसेम्बर १० मा आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, यूएईले डिसेम्बर १३ मा इटाली, १५ मा कुवेत, १८ मा युगान्डा र २० डिसेम्बरमा नामिबियासँग खेल्नेछ । प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

प्रतियोगिताको शीर्ष चार टोलीले अर्को वर्ष आयोजना हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

यूएईको १५ सदस्यीय टोली : राहुल चोपडा (कप्तान), अयान खान, अदीब उस्मानी, अक्षदीप नाथ, अली नासिर, अवैस अली शाह, बासिल हमिद, ध्रुव पराशर, हरप्रित सिंह भाटिया, खुजैमा बिन तनवीर, जुनैद सिद्दिकी, मोहम्मद रोहिद खान, मोहम्मद शहदाद, तनिष सुरी र वृत्य अरविन्द ।

ज्ञानेन्द्र मल्ल ब्याटिङ प्रशिक्षक यूएई क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय