+

१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता

२०८३ मंसिर  १३ गते १७:३७ २०८३ मंसिर १३ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले महिला बास्केटबल ३×३ मा ९ अंकसहित रजत पदक जितेर पहिलो पदक खोलेको छ।
  • यसै विधामा नेपाल आर्मीले १३ अंकसहित स्वर्ण र एफिएफ क्लबले कास्य पदक हात पारेको छ।
  • फुल–कोर्ट ५×५ महिला बास्केटबलतर्फ एफिएफले ५७ अंकसहित स्वर्ण, त्रिभूवन आर्मीले रजत र नेपाल प्रहरीले कास्य पदक जितेको छ।

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो ।

यस विधा अन्तर्गतको खेलमा नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अकंसहित रजत पदक हात पारेको हो । यो कर्णालीका लागि पहिलो पदक हो ।

शनिबारसम्म कर्णालीले कुनै पदक जित्न सकेको थिएन । तर आइतबार भएको महिला बास्केटबलमा भने रजत पदक हात पारेसँगै कर्णालीले पदकको खाता खोलेको छ । यही विधामा भएको खेलमा (एफिएफ) क्लबले कास्य पदक हात पारेको छ ।

यसैगरी फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ सम्पन्न फाइनल खेलमा शसस्त्र प्रहरीको (एफिएफ) ले स्वर्ण पदक हात पारेको छ । एफिएफ ५७ अंकसहित पहिलो भएको छ भने त्रिभूवन आर्मी क्लब २९ अंकसहित दोस्रो भएको छ ।

आर्मीले रजत पदक हात पार्दा नेपाल प्रहरीले कास्य पदकमै चित्त बुझाएको बास्केट बलका सिनियर रेफ्रि राजेश महर्जनले बताए ।

१०औँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय