+

१०औँ राष्ट्रिय खेलकुदको शारीरिक सुगठनमा रिचर्ड तामाङले जिते रजत पदक

२०८३ मंसिर  १३ गते १८:३१ २०८३ मंसिर १३ गते १८:३१

रुकुमको चौरजहारीमा भएको शारीरिक सुगठनअन्तर्गत पुरुष ८० केजीभन्दा माथिको तौल समूहको प्रतिस्पर्धामा तामाङले रजत पदक जितेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमको चौरजहारीमा भएको १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ८० केजीमाथि शारीरिक सुगठनमा रिचर्ड तामाङले रजत पदक जितेका छन्।
  • त्रिभुवन आर्मी क्लबबाट खेलेका तामाङ काठमाडौंमा आफ्नै जिम व्यवसाय सञ्चालन गर्दै आएका छन्।
  • उक्त विधामा कोशी प्रदेशका ललित धिमालले स्वर्ण र गण्डकीका युक्त राज दुराले कांस्य पदक जिते।

१३ मंसिर, काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रिचर्ड तामाङले शारीरिक सुगठनमा रजत पदक जितेका छन् ।

रुकुमको चौरजहारीमा भएको शारीरिक सुगठनअन्तर्गत पुरुष ८० केजीभन्दा माथिको तौल समूहको प्रतिस्पर्धामा तामाङले रजत पदक जितेका हुन् ।

उनले त्रिभुवन आर्मी क्लबबाट १०औं राष्ट्रिय खेलकुद खेलेका थिए । युवा उद्यमीसमेत रहेका तामाङ काठमाडौंमा आफ्नै जिम व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उक्त विधामा कोशी प्रदेशका ललित धिमालले स्वर्ण र गण्डकीका युक्त राज दुराले कांस्य पदक हात पारे ।

रिचर्ड तामाङ शारीरिक सुगठन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय