+

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र मधेशको जित

२०८३ मंसिर  ११ गते १७:०७ २०८३ मंसिर ११ गते १७:०७

११ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेटमा लुम्बिनी र मधेश प्रदेश विजयी भएका छन् । धनगढीमा भएको खेलमा लुम्बिनीले कर्णाली र मधेशले गण्डकी प्रदेशलाई पराजित गरे ।

दोस्रो जित निकाल्ने क्रममा लुम्बिनीले कर्णालीलाई १४५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । लुम्बिनीले दिएको २२३ रनको लक्ष्य पछ्याएको कर्णाली २३ ओभर २ बलमा ७८ रनमा समेटियो ।

कर्णालीका लागि नविन न्यौपानेले सर्वाधिक २८ रन बनाए । नमनसिंह थापाले १५, ललितजंग शाहीले १३ र बिपिनप्रसाद शर्माले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

र्णालीलाई सस्तोमै समेट्न दिनेश बोहरा र प्रिन्स पालले समान ३ विकेट लिए । लक्ष्मण कुमालले दुई र करण जिएमले एक विकेट लिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले समिर अली मुसलमानको अर्धशतकको मद्दतमा २२२ रनको स्कोर खडा गरेको थियो । समिरले ७० बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

क्षितिज थापामगरले ३०, केशव विष्टले २०, आरिफ खानले ११, रौनक श्रीवस्तवले १२, दिनेश बोहराले १८, प्रिन्स पालले २०, लक्ष्मण कुमालले ८, शुभम खनालले ७ र करण जिएमले ९ रनको योगदान दिए । बलिङमा कर्णालीका नविन न्यौपानेले ३, कैलाश खड्का, निराजन कठायत र विपिनप्रसाद शर्माले दुईदुई तथा मौसम थापाले एक विकेट लिए । त्यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको गरेको थियो ।

शुक्रबार नै भएको अर्काे खेलमा मधेशले गण्डकीलाई ७ विकेटले पराजित ग¥यो । गण्डकीले दिएको १२१ रनको लक्ष्य मधेशले १५ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । मधेशको जितमा ओपनर सुशान्त सिंहले अर्धशतक पूरा गरे । उनले ३६ बलमा ५४ रन बनाएर आउट भए । परिमार्जन यादव ३० र अनिकेट यादव एक रनमा आउट हुँदा विशाल क्षेत्री २३ र अनिलकुमार यादव ८ रनमा अविजित रहे । बलिङमा गण्डकीका प्रकाश खनालले दुई र सुशिल भुसालले एक विकेट लिए ।

त्यसअघि महेन्द्रनगरस्थित कभर्ड हल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी ४४ ओभर एक बलमा १२० रनमा समेटिएको थियो । गण्डकीलाई सस्तोमा समेट्न मधेशका विशाल क्षेत्रीले ४ विकेट लिए ।

१० ओभरमा विशालले ६ मेडन राख्दै मात्र १४ रन खर्चिए । राहुल यादव र आशिक बैद्यले दुईदुई तथा नुमैर अहमदले एक विकेट लिए । ब्याटिङमा गण्डकीका राज परियारले सर्वाधिक २३ रन बनाए । अनिकेत गजुरेलले १२, स्पर्श तामाङले २१ र घनश्याम यादवले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगिताअन्तर्गत शनिबार कर्णाली र सुदूरपश्चिम तथा कोशी र गण्डकी खेल्नेछन् । ७ प्रदेश सहभागी प्रतियोगिताका खेलहरु सिंगल राउन्ड रोविनको आधारमा हुनेछन् । शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नरेश श्रेष्ठ स्मृति यू–१९ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय