News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२७ को खेलाडी अक्सन आगामी १६ डिसेम्बरमा भारतको गोवामा हुने भएको छ।
- आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो।
- फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन ३ वर्षपछि भारतमै फर्काउने निर्णय गरेको हो।
२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ।
आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन र रिलिज पनि घोषणा गरिसकेका छन् ।
आईपीएलको अक्सन ३ वर्षपछि भारतमै हुन लागेको हो । पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, जेद्दाह र अबुधाबीमा आयोजना गरिए पनि यसपटक फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन भारतमै फर्काउने निर्णय गरेको थियो ।
आईपीएल २०२७ सिजन मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4