News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध ४५ बलमा ५० रन बनाए ।
- उनले ३ चौका र १ छक्का प्रहार गर्दै लगातार दोस्रो तथा समग्रमा तेस्रो अर्धशतक पूरा गरे ।
- दीपेन्द्रले यसअघि लिग चरणमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजविरुद्ध पनि अर्धशतक बनाएका थिए ।
१ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।
दीपेन्द्रले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् भने सम्रगमा तेस्रो अर्धशतक हो ।
यसअघि उनले लिग चरणमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक बनाएका थिए ।
उनले चौथो विकेटका लागि इशान पाण्डेसँग ६४ रनको साझेदारी गरेका थिए । ८ रनमै ३ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले नै सम्हालेका थिए ।
प्रतिक्रिया 4