+

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

२०८३ कात्तिक  २९ गते २०:४४ २०८३ कात्तिक २९ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ।
  • नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ, र नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै सुरु गर्नेछ।
  • दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र फाइनल नोभेम्बर २९ मा हुनेछ।

२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ।

टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र नन्दन यादव पनि टोलीमा परेका छन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।

भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतियोगितामा आफ्नो ‘ए’ टोली उतार्नेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली खेलाउन सक्नेछन्। यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो भएको हङकङले पनि राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएका थिए।

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय