+

टी-२० विश्वकप २०२८ को छनोटमा १६ टोली भिड्ने, ८ टोली हुनेछन् छनोट

२०८३ कात्तिक  ३० गते ११:४९ २०८३ कात्तिक ३० गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
  • सन् २०२८ को पहिलो त्रैमासिकमा हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्।
  • छनोटमा चार समूह हुनेछन् र समूहपछि क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनलसहित ३१ खेल खेलाइनेछ।

३० कात्तिक, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्।

छनोट प्रतियोगितामा चार समूहमा चार–चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल खेलाइनेछ।

आठ टोलीको छनोटमा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। प्रत्येक क्षेत्रबाट उत्कृष्ट स्थान हासिल गर्ने टोलीले न्यूनतम प्रदर्शनसम्बन्धी मापदण्ड पूरा गरेको अवस्थामा विश्वकपमा स्थान बनाउनेछ। बाँकी स्थान समग्र वरीयताका आधारमा टोलीहरूलाई दिइनेछ।

सेमिफाइनल पुग्ने चारै टोली विश्वकपमा छनोट हुनेछन्। क्वार्टरफाइनलमा पराजित हुने चार टोलीलाई समूहमा प्राप्त स्थान, अंक, जित संख्या र नेट रनरेटका आधारमा पाँचौंदेखि आठौं स्थानसम्मको वरीयता दिइनेछ।

समूहमा तेस्रो हुने टोलीलाई पनि यही आधारमा नवौंदेखि १२औं स्थानसम्म राखिनेछ। समूहमा चौथो हुने टोली भने छनोट प्रक्रियाबाट बाहिरिनेछ।

क्षेत्रीय प्रतिनिधित्वको हिसाब गर्दा प्रतियोगिताको अन्तिम वरीयतालाई आधार मानिनेछ। कुनै क्षेत्रको उत्कृष्ट टोली सेमिफाइनल पुगेको वा क्वार्टरफाइनलमा पराजित हुँदै पाँचौंदेखि आठौं स्थानमा रहेको अवस्थामा उक्त क्षेत्रको प्रतिनिधित्व पूरा भएको मानिनेछ।

तर, कुनै क्षेत्रको उत्कृष्ट टोली समूहमा तेस्रो हुँदै नवौंदेखि १२औं स्थानमा रहेमा उसले पाँचौंदेखि आठौं स्थानमा रहेका र आफ्नो क्षेत्रको उत्कृष्ट टोली नभएका मध्ये सबैभन्दा तल्लो वरीयताको टोलीको स्थान लिनेछ।

सबै योग्य क्षेत्रको प्रतिनिधित्व सुनिश्चित भएपछि बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका अन्य उच्च वरीयताका टोलीलाई दिइनेछ।

आईसीसी टी-२० विश्वकप आईसीसी टी-२० विश्वकप २०२८ टी-२० विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय