News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा स्पेनलाई ३-२ ले हराउँदै स्पेनको ४३ खेलको अपराजित यात्रा तोडेको छ।
- मड्रिडमा इंग्ल्यान्डले ह्यारी केन, एज्री कोन्सा र बेन ह्वाइटको गोलबाट ३-० को अग्रता बनाएको थियो।
- स्पेनका मिकेल ओयारजाबाल र निको विलियम्सले दुई गोल फर्काए पनि हार टार्न सकेनन्, र इंग्ल्यान्ड शीर्ष स्थानमा रह्यो।
३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ ।
घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ ।
मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता बनाएको थियो । पछि स्पेनले दुई गोल फर्काएपनि हार टार्न सकेन ।
ह्यारी केनले ४५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पहिले अग्रता दिलाएका थिए । एज्री कोन्साले ५३औं र बेन ह्वाइटले ५७औं मिनेटमा गोल गर्दै इंग्लयान्डले ३-० को अग्तरा दिलाएका थिए ।
तीन गोलको अग्रता लिएको अवस्थामा इंग्लयान्डका एलिओट एन्डरसन रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो । लामिन यमाललाई फल गरेपछि एन्डरले रातो कार्ड पाउ स्पेनले पेनाल्टी अवसर पायो ।
त्यसमा मिकेल ओजाबायलले ६५औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसयता ७५औं मिनेटमा निको विलियम्सले दोस्रो गोल गरे । तर त्यसपछि गोल थप्न सकेन ।
युइएफ नेसन्स लिगको लिग ए अन्तर्गत ग्रुप थ्री मा रहेका स्पेन र इंग्लयान्ड यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । समूहको अन्तिम खेल जितेपछि इंग्ल्यान्ड शीर्ष स्थानमा उकद्या स्पेन दोस्रो स्थानमा रह्यो ।
तस्बीर: एपी
प्रतिक्रिया 4