News Summary
Generated by OK AI. Editorially reviewed.- कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले सिनियर र यू-१९ खेलाडी समेटेर टोली घोषणा गरेको छ।
- बासिल हमिदले यूएई टोलीको कप्तानी गर्नेछन्, र अयान मिसबाह, नूरउल्लाह अयोबी र उदीस सुरी पनि टोलीमा परेका छन्।
- नेपाल, भारत ए, पाकिस्तान ए र यूएई एउटै समूहमा छन्, तर नेपालले एनपीएल जारी रहेकाले टोली घोषणा गरेको छैन।
२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र यू-१९ टोलीका खेलाडीलाई समेट्दै टोली सार्वजनिक गरेको हो।
टोलीको कप्तानी बासिल हमिदले गर्नेछन्। सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका उनीसँगै आर्यंश शर्मा, इथान डिसुजा, शोहेब खान, मुहम्मद शाहदाद, अवेश अली शाह, अंश टन्डन, ओमिद रहमान र जाहिद अली टोलीमा छन्।
यस्तै, यू-१९ टोलीका कप्तान अयान मिसबाहसँगै नूरउल्लाह अयोबी र उदीस सुरीले पनि टोलीमा स्थान बनाएका छन्। अयानको कप्तानीमा यूएईले नेपाललाई यू-१९ एसिया कपमा पराजित गरेको थियो।
राइजिङ स्टार्स एसिया कपमा नेपाल, भारत ए, पाकिस्तान ए र यूएई एउटै समूहमा छन्। प्रतियोगिता नोभेम्बर १९ देखि २९ सम्म कतारमा हुनेछ।
नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेकाले नेपाली टोली भने घोषणा भइसकेको छैन। एनपीएलको फाइनल नोभेम्बर २१ मा हुनेछ भने नेपालले नोभेम्बर २० मा भारत एसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
एनपीएलको प्लेअफमा पुग्न नसक्ने टोलीका खेलाडीमध्येबाट नेपाली टोली छनोट हुने सम्भावना छ।
प्रतिक्रिया 4