+

बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियन

२०८३ कात्तिक  २२ गते १७:२१ २०८३ कात्तिक २२ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिज अपराजित रहँदै च्याम्पियन बनेको छ।
  • नेपालले प्रतियोगितामा खेलेका चारै खेल जितेको छ भने दुई खेल वर्षाका कारण रद्द भएका छन्।
  • नेपालले थाइल्यान्ड, हङकङ र चीनलाई पराजित गर्दै उपाधि जितेको हो।

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजको च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो।

चीन, हङकङ, थाइल्यान्ड र नेपाल सहभागी सिरिजमा प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई खेल खेल्ने तालिका थियो। नेपालले खेलेका चार खेलमा जित हासिल गर्‍यो भने दुई खेल वर्षाका कारण रद्द भए।

नेपालले आज हङकङसँग खेल्ने तालिका रहेको खेल रद्द भएपछि अपराजित च्याम्पियन बनेको हो। यसअघि चीनसँगको एक खेल पनि रद्द भएको थियो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीनविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

चौथो खेलमा थाइल्यान्डलाई हराएको नेपालले पाँचौं खेलमा चीनलाई पराजित गर्‍यो ।

नेपाली यू-१९ महिला क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय