+

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

२०८३ कात्तिक  २२ गते १६:४४ २०८३ कात्तिक २२ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ, आइतबार यूएईसँग ७ विकेटले पराजित भएको छ ।
  • नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ ।
  • नेपालले पहिलो खेलमा भारतसँग पनि हार बेहोरेको थियो र अब मंगलबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ ।

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन बनाए ।

नेपालका लागि सुशील रावल, कप्तान बिपिन शर्मा र निरज पटेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

लगातार दुई हार बेहोरेको नेपालको सेमिफाइनल सम्भावना भने लगभग समाप्त भएको छ ।

एसीसी यू-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय