+
राइजिङ स्टार्स एसिया कप :

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

२०८३ मंसिर  ६ गते १४:४७ २०८३ मंसिर ६ गते १४:४७

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।

यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै लज्जास्पद हार बेहोरेको थियो । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय