+

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

२०८३ मंसिर  ६ गते १३:०६ २०८३ मंसिर ६ गते १३:०६

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् ।

पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता छ भने महिलातर्फ एनआरएनए र नेपाल पुलिस क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फको पहिलो खेलमा मंसिर ८ गते बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । दिउँसो सवा एक बजे गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

महिलातर्फको पहिलो खेलमा मंसिर ८ गते नै बिहान साढे ९ बजे त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन् । दोस्रो खेल दिउँसो सवा एक बजे सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फका खेलहरु सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र महिलातर्फका खेल विरेन्द्रनगर क्रिकेट मैदानमा हुनेछन् ।

पुरुषतर्फ सहभागी ११ टिमलाई चार समूहमा बाँडिएको छ । समूह ‘ए’ मा आर्मी, गण्डकी र एनआरएनए छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली, समूह ‘सी’ मा एपीएफ, कोशी र बागमति तथा समूह ‘डी’ मा मधेश र पुलिस छन् । प्रत्येक समूहका शीर्ष एकएक टोली सेमिफाइनलमा पुग्नेछन् ।

महिलातर्फ समूह ‘ए’ मा आर्मी, कोशी र कर्णाली, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र मधेश तथा समूह ‘सी’ मा बागमती, सुदूरपश्चिम र गण्डकी छन् । प्रत्येक समूहका शीर्ष एकएक टोली र दोस्रो स्थानमा रहनेमध्ये धेरै अंक भएको एक टोली सेमिफाइनलमा पुग्नेछन् । महिलातर्फ मंसिर १४ र पुरुषतर्फ १५ गते फाइनल खेल हुनेछ ।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय