+

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

२०८३ मंसिर  ६ गते १२:१७ २०८३ मंसिर ६ गते १२:१७

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ।

प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुनेछन्।

प्रतियोगिताका खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदान र महेन्द्रनगरमा सञ्चालन हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिताको पहिलो दिन मंसिर १० गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। सोही दिन महेन्द्रनगरमा कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि सन् २०२४ नोभेम्बरमा विराटनगरमा भएको प्रतियोगिताको पछिल्लो संस्करण सुदूरपश्चिम प्रदेशको टोलीले जितेको थियो।

दुई वर्षपछि हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमले उपाधि रक्षा गर्ने लक्ष्य राख्नेछ।

नरेश श्रेष्ठ स्मृति यू–१९ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय