सिकन्दर राजा
जिम्बाब्वे, अलराउण्डर
जिम्बाब्वे, अलराउण्डर विश्व क्रिकेटका अनुभवी अलराउन्डर राजा यसअघि पनि नेपालमा खेलिसकेका छन् । उनले सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सबाट खेलेका थिए । त्यतिबेला उनी पारस खड्काको कप्तानीमा रहेको विराटनगरको टोलीमा आबद्ध थिए ।
राजाको आगमनले चितवन राइनोजको टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमताका हिसाबले थप बलियो बनाउनेछ । चितवनले यसअघि एनपीएलको तेस्रो सिजनका लागि कप्तान कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको थियो ।
राजा पछिल्लो समय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ उपलब्धि हासिल गरेका खेलाडी हुन् । उनले १३३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार ८९ रन बनाएका छन् भने बलिङतर्फ १०७ विकेट लिएका छन् । उनको ब्याटिङ औसत २६.६२ र स्ट्राइक रेट १३६.९२ रहेको छ । बलिङमा उनको औसत २३.५४ र इकोनोमी ६.८८ छ ।
३ हजारभन्दा बढी रन र १ सयभन्दा बढी विकेट दुवै पूरा गर्ने पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका दुई खेलाडीमध्ये राजा एक हुन् । यो उपलब्धि हासिल गर्ने अर्का खेलाडी मलेसियाका विरानदीप सिंह हुन् ।
रजाले सन् २०२६ को टी–२० विश्वकपमा पनि प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा उनले ६ खेलमा २०६ रन बनाउँदै एक अर्धशतक प्रहार गरेका थिए भने बलिङतर्फ पाँच विकेट लिएका थिए ।
टी–२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर १३३ रन हो । उनको नाममा एक शतक र १७ अर्धशतक छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर १८ रन दिएको छ ।
नेपालसँग राजाको पुरानो सम्बन्ध पनि छ । सन् २०२१ को ईपीएलमा विराटनगर वारियर्सबाट खेल्दा उनले चितवन टाइगर्सविरुद्ध ४७ बलमा ६७ रनको प्रभावशाली इनिङ खेलेका थिए । उक्त खेलमा उनले सात छक्का प्रहार गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच


















