कमल सिंह ऐरी
नेपाल, बलर
नेपाल, बलर कमल सिंह ऐरी नेपाली क्रिकेटका दायाँहाते मध्यम गतिका बलर हुन् । २५ वर्षीय ऐरी बलिङसँगै तल्लो क्रमको ब्याटिङमा पनि योगदान दिन सक्ने खेलाडी हुन् ।
उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०२२ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि सन् २०२१ मा मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
ऐरीले उमेर समूहको क्रिकेटबाट आफ्नो प्रतिभा देखाउँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका हुन् । सन् २०१७ मा भारतलाई हराउँदै एसीसी यू–१९ एसिया कपको उपाधि जित्ने नेपाली टोलीका सदस्यसमेत रहेका उनी नेपाली क्रिकेटका सम्भावनायुक्त बलरमध्ये एक हुन् ।
उनले राष्ट्रिय टोलीबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई विकेट लिएका छन् भने १० टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ विकेट हात पारेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट बलिङ प्रदर्शन १५ रन खर्चेर तीन विकेट लिनु हो ।
घरेलु क्रिकेटमा नेपाल एपीएफ क्लबबाट खेल्दै आएका ऐरीले विभिन्न फ्रेन्चाइज प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । उनले एनपीएलको पहिलो र दोस्रो सिजन चितवन राइनोजबाट खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच



















