बिपिन रावल
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर बिपिन रावल नेपाली क्रिकेटका एक उदीयमान बायाँ हाते विकेटकिपर ब्याटर हुन् ।
सन् २०२४ मा दक्षिण अफ्रिकामा आयोजना भएको आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकपमा नेपालको राष्ट्रिय युवा टोलीबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाएका थिए ।
सोही विश्वकप अन्तर्गत २४ जनवरी २०२४ मा पाकिस्तान यू–१९ विरुद्धको खेलबाट उनले आफ्नो युथ ओडीआई खेल जीवनको सुरुवात गरेका थिए । जसमा उनले टोलीका लागि सर्वाधिक ३९ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए ।
घरेलु क्रिकेटमा कर्णाली प्रदेशको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बिपिन फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोज टोलीसँग आबद्ध भई आफ्नो खेल यात्रालाई अगाडि बढाइरहेका छन् ।
उत्कृष्ट विकेटकिपिङ कौशल र आक्रामक ब्याटिङ क्षमताका धनी उनी नेपाली क्रिकेटको भविष्यका एक आशलाग्दा र प्रतिभावान खेलाडीका रूपमा चिनिन्छन् ।
Read Fullप्लेयर्स टु वाच

















