मोहम्मद नवाज
पाकिस्तान, अलराउण्डर
पाकिस्तान, अलराउण्डर ३२ वर्षीय मोहम्मद नवाज बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलिङ अलराउन्डर हुन्। १४ वर्षको उमेरमा मध्यम गतिका बलरका रूपमा क्रिकेट यात्रा सुरु गरेका उनले पछि क्यारेबियन पिचहरूको प्रभाव र प्रशिक्षकहरूको सहयोगमा आफ्नो शैली परिवर्तन गर्दै स्पिन-बलिङ अलराउन्डरका रूपमा आफूलाई उभ्याएका हुन्।
पहिलो संस्करणको पाकिस्तान सुपर लिग (पीएसएल) मा क्वेटा ग्लाडिएटर्सबाट खेल्दै १३ विकेट लिई तेस्रो सर्वाधिक विकेटकर्ता बनेपछि उनी पाकिस्तानको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव संगालेका नवाजले ४४ एकदिवसीय खेलमा ५३८ रन बनाउनुका साथै ४९ विकेट लिएका छन्। त्यस्तै, ९८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै उनले ९११ रन जोड्नुपरेको छ भने कसिलो बलिङ गर्दै १०१ विकेट आफ्ना नाममा दर्ता गरेका छन्।
समग्र टी–२० क्रिकेटमा ३४७ खेलमा ३ हजार ९६० रन र २८८ विकेटको उत्कृष्ट प्रदर्शन गरेका नवाज पाकिस्तानको मध्यक्रमका एक भरपर्दा र अनुभवी अलराउन्डर मानिन्छन्।
Read Fullप्लेयर्स टु वाच



















