+
Home › Sports › Cricket › रञ्जित कुमार

रञ्जित कुमार
नेपाल, बलर

Full Name: रञ्जित कुमार
Nationality: नेपाल
Position: बलर

नेपाली युवा स्पिनर रञ्जित कुमारले चितवन राइनोजबाट तेस्रो संस्करणको एनपीएल खेल्दैछन् । २० वर्षीय रञ्जित बायाँ हाते ब्याटर तथा स्लो लेफ्ट–आर्म अर्थाेडक्स स्पिन बलर हुन् ।

वीरगन्ज पर्सामा जन्मिएका उनले नेपालको घरेलु क्रिकेटमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भने उनले नेपाल ए टोलीबाट आयरल्यान्ड ए विरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए ।

एनपीएलको अघिल्लो सिजनमा विराटनगर किङ्सविरुद्ध मात्र २१ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच बनेका रञ्जितलाई सोही उत्कृष्ट प्रदर्शनका कारण चितवन राइनोजले एनपीएल २०२६ का लागि आफ्नो टोलीमा रिटेन गरेको थियो ।

Read Full