लोकेश बम
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर लोकेश बम नेपाली क्रिकेट जगत्मा ‘बूम बूम’ उपनामले चिनिने एक आक्रामक र प्रभावशाली दायाँ हाते विकेटकिपर–ब्याटर हुन्।
२६ वर्षीय लोकेश मैदानको जुनसुकै दिशामा पनि गगनचुम्बी छक्का प्रहार गर्न सक्ने आफ्नो ‘पावर-हिटिङ’ क्षमताका लागि प्रसिद्ध छन्।
सन् २०२२ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले घरेलु क्रिकेटमा एपिएफ (एपीएफ) क्लब र नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सबाट खेल्दै सनसनी मच्चाइरहेका छन्।
सन् २०२६ को एनपीएलमा विराटनगरका लागि खेल्दै कर्णाली याक्सविरुद्ध मात्र ५२ बलमा ९ वटा गगनचुम्बी छक्कासहित ८७ रनको विष्फोटक इनिङ्स खेल्नुका साथै एसियाली खेलकुद २०२६ मा जापानविरुद्ध २२ बलमै ५२* रनको आक्रामक अर्धशतक प्रहार गरी उनी लयमा देखिएका छन्।
लोकेश बमको खेल जीवनकै सबैभन्दा ऐतिहासिक र खेल-परिभाषित इनिङ्स सन् २०२६ को आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपमा इङ्गल्यान्डविरुद्धको खेलमा देखियो।
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा भएको उक्त रोमाञ्चक खेलमा १८५ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम ओभरहरूमा तीव्र गतिमा रन आवश्यक थियो।
पाचौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेशले विश्व क्रिकेटकै सबभन्दा तीव्र गतिका र घातक बलरमध्येका एक जोफ्रा आर्चरलाई १८औं ओभरमा लगातार दुईवटा छक्का प्रहार गर्दै र सो ओभरमा कुल ३ छक्कासहित २२ रन बटुल्दै वानखेडे स्टेडियममा उपस्थित हजारौं नेपाली दर्शकलाई उत्साह दिलाएका थिए।
आर्चरजस्ता विश्वस्तरीय गति भएका बलरको बललाई सहजै बाउन्ड्री पार गराउने उनको सो साहसिक ब्याटिङले नेपाललाई विश्व विजेता इङ्गल्यान्डविरुद्ध ऐतिहासिक ‘अपसेट’ जितको संघारमा पुर्याएको थियो।
खेलको अन्तिम बलमा जितका लागि छक्का आवश्यक हुँदा मात्र १ रन बन्न सकी नेपाल केवल ४ रनले पराजित भए पनि, मात्र २० बलमा ४ चौका र २ छक्काको मद्दतले ३९ रनको अविजित र शाहसिक पारी* खेल्ने लोकेश बमको सो ‘तल्लो क्रमको आक्रमण’ लाई नेपाली क्रिकेट इतिहासकै एक गौरवशाली क्षण र आर्चरविरुद्धका ती छक्काहरूलाई उनको करियरकै टर्निङ प्वाइन्ट मानिन्छ।
Read Fullप्लेयर्स टु वाच


















