हेमन्त धामी
नेपाल, बलर
नेपाल, बलर हेमन्त धामी नेपालका पेस बलिङको नयाँ विक्लप बनेर उदाएका खेलाडी हुन् । नेपालको उमेर समूहको राष्ट्रिय टिमको कप्तान हुँदै सिनियर टिमसम्म पुगेका हेमन्त एनपीएलको तेस्रो सिजनमा पनि सुदूरपश्चिम रोएल्सबाट खेल्दैछन् ।
पहिलो सिजन हेमन्त च्याम्पियन टिम जनकपुर बोल्ट्समा आबद्ध थिए । तर यू१९ राष्ट्रिय टिमको ड्युटीका कारण उनले पहिलो सिजन पर्याप्त समय पाएनन् । दोस्रो सिजन जनकपुरले हेमन्तलाई रिलिज गरेपछि सुदूरपश्चिम रोएल्सले अक्सनबाट उनलाई अनुबन्ध गरेको थियो । तेस्रो सिजनका लागि भने सुदूरपश्चिमले उनलाई रिटेन गरेको थियो ।
हेमन्तले पछिल्लो समय नेपालको राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । कञ्चनपुरका हेमन्त धामीले नेपालका लागि दुई ओडिआई र दुई टी२०आई खेल खेलेका छन् । उनले सन् २०२४ फेब्रुअरीमा घरेलु मैदान कीर्तिपुरमा क्यानडा विरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका थिए । यस्तै दोस्रो ओडिआई लिग २ मा नेदरल्यान्ड्स विरुद्ध उसैको मैदान २०२६ जुलाईमा खेलेका थिए ।
हेमन्तले २०२६ अप्रिलमा टीयू मैदानमै युएई विरुद्ध टी२०आईमा डेब्यु गरेका थिए र त्यही सिरिजमा युएई विरुद्ध दोस्रो टी२०आई खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच
















