+
Home › Sports › Cricket › आदिल आलम

आदिल आलम
नेपाल, अलराउण्डर

Full Name: आदिल आलम
Nationality: नेपाल
Position: अलराउण्डर

बारा सिम्रौनगौढका मोहम्मद आदिल आलम (आदिल अन्सारी) अलराउण्डर हुन् । नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका २३ वर्षीय आक्रमक ब्याटर आदिलले आवश्यकता अनुसार मिडल अर्डर र लोअर अर्डरमा ब्याटिङ गर्छन् । दायाँ हाते ब्याटर रायाँ हाते मिडियम पेस बलर हुन् ।

मधेश प्रदेशबाट घरेलु क्रिकेट खेलेका आदिल आलमले नेपालको राष्ट्रिय टिमबाट ६ ओडिआई र १२ टी२०आई म्याच खेलिसकेका छन् । उनले सन् २०२२  जुनमा अमेरिकामा भएको खेलमा अमेरिका विरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । उनले त्यसअघि नै सन् २०२२ मार्चमै पपुवा न्यु गिनी विरुद्ध कीर्तिपुरस्थित टीयू मैदानमै टी२०आईमा डेब्यु गरेका थिए ।

डेब्यु गरेपछि राष्ट्रिय टिममा निरन्तर परेका आदिलको करियरमा २०२२ डिसेम्बरमा भएको नेपाल टी२० लिगमा ठूलो धक्का लाग्यो । स्पट फिक्सिङ प्रकरणमा मुछिएपछि उनी प्रविबन्धमा पनि परे ।

तर तीन वर्षपछि उनी सन् २०२५ मा पुन: राष्ट्रिय टिममा फर्कँदै टी२० टिमबाट खेले । वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी२० सिरिजमा उनले नेपाली टोलीमा पुनरागमन गर्दै ४ विकेट लिए ।

प्रविबन्धका कारण नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्न नपाएका आदिल दोस्रो स्स्करणको अक्सनमा आकर्षणको केन्द्र बनेका थिए । जहाँ ८ वटै फ्रेन्चाइजले उनलाई सर्वाधिक १५ लाखको बोली लगाएका थिए र काठमान्डु गोर्खाज लक्की ड्र मा भाग्यमानी बन्दै आदिलला२ पाउन सफल भएको थियो । तेस्रो सिजनका लागि पनि काठमान्डुले आदिललाई रिटेन गरेको छ ।

 

Read Full