साम हिजलेट
अस्ट्रेलिया, ब्याट्समेन
अस्ट्रेलिया, ब्याट्समेन साम हिजलेट अस्ट्रेलियन क्रिकेटर हुन् । बायाँहाते ब्याटर हिजलेट आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्छन् ।
उनले अस्ट्रेलियाको घरेलु क्रिकेटमा क्वीन्सल्यान्डको प्रतिनिधित्व गरेका छन् भने बिग बास लिगमा ब्रिसबेन हिटबाट पनि खेलेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी दोस्रो सिजन विराटनगर किंग्सबाट खेलेका थिए । तेस्रो सिजनका लागि भने उनी काठमाडौं गोर्खाजमा आबद्ध भएका छन् ।
हिजलेटले सन् २०१५–१६ को शेफिल्ड सिल्ड सिजनमा क्वीन्सल्यान्डबाट फर्स्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । डेब्यु खेलमै तास्मानियाविरुद्ध पहिलो इनिङ्समा १२९ र दोस्रो इनिङ्समा ७८ रन बनाउँदै उनले आफ्नो क्षमता प्रमाणित गरेका थिए । उक्त सिजन उनले क्वीन्सल्यान्डका लागि ६४९ रन बनाएका थिए ।
घरेलु क्रिकेटमा गरेको प्रदर्शनका आधारमा उनी सन् २०१७ मा अस्ट्रेलियाको राष्ट्रिय टोलीमा परेका थिए । न्युजिल्यान्डविरुद्ध ३० जनवरी २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले अस्ट्रेलियाका लागि एक खेल मात्र खेलेका छन् ।
बिग बास लिगमा ब्रिसबेन हिट र होबार्ट हरिकेन्सबाट खेलेका हिजलेटले टी–२० क्रिकेटमा पनि अनुभव बटुलेका छन् ।
Read Full
प्लेयर्स टु वाच


















