+
Home Sports Cricket मार्टिन गप्टिल

मार्टिन गप्टिल
न्यूजिल्याण्ड, ब्याट्समेन

Full Name: मार्टिन गप्टिल
Nationality: न्यूजिल्याण्ड
Position: ब्याट्समेन

न्युजिल्याण्डका कीर्तिमानी ब्याटर गप्टिल ओपनिङमा खेल्ने गर्छन् । ३८ वर्षीय दाँयाहाते ब्याटरले न्युजिल्याण्डको राष्ट्रिय टोलीबाट ३५० भन्दा धेरै खेल खेलिसकेका छन् र धेरै अनुभव भएका खेलाडी हुन् । उनले न्युजिल्याण्डका लागि टी२०आईमा १२२ खेल खेल्दा २ शतकसहित ३५०० भन्दा धेरै रन बनाइसकेका छन् । उनी १३५ भन्दा माथिको स्ट्राइक रेटले खेल्ने गर्छन् । त्यसैगरी सबैखाले टी२०मा ३४७ खेल खेल्दा ६ शतकसहित ९७०० भन्दा धेरै रन बनाइसकेका छन् । उनले आइपीएल, बीबीएल, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, इन्टरनेशनल लिग खेलिसकेका छन् । गप्टिलले सन् २०१५ को एकदिवसीय विश्वकप खेलमा अविजित रहँदै २३७ रन बनाएका थिए । यो एकदिवसीय विश्वकपमा उच्च स्कोरको कीर्तिमान हो ।

Read Full