News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका साम हिजलेट आगामी सिजन नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
- विराटनगरले शनिबार एक विज्ञप्ति जारी गरेर हिजलेट अनुबन्ध गरेको जनाएको छ।
- हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्।
३० असोज, काठमाडौं । अस्ट्रेलियाका साम हिजलेटले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले शनिबार एक विज्ञप्ति जारी गरेर हिजलेट अनुबन्ध गरेको जनाएको हो । हिजलेटको आगमनले टिमको मध्यक्रम बलियो हुने टिमले विश्वास लिएको जनाएको छ ।
हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्। टी-२०आईमा भने उनले डेब्यू गर्न बाँकी छ ।
हिजलेटले बिग ब्यास लिगमा ब्रिसबेन हिटबाट खेल्दै ५० खेलमा ८४० रन बनाएका छन् । उनको स्ट्राइक रेट १२३ को रहेको छ ।
विराटनगरले यसअघि पहिलो खेलाडीका रूपमा स्कटल्यान्डका जर्ज मन्सेलाई घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4