+
Home Sports Cricket सन्दीप लामिछाने

सन्दीप लामिछाने
नेपाल, बलर

Full Name: सन्दीप लामिछाने
Nationality: नेपाल
Date of Bith: 2000-08-04 (24 yrs)
Position: बलर

सन्दीप लामिछाने नेपाली क्रिकेटको पहिलो ग्लोबल स्टार हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका सन्दीपले विश्वका लगभग सबै प्रेन्चाइज लिग क्रिकेट खेलिसकेका छन् । उनले सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । उनले आईपीएलमा रोएल च्यालेन्जर्स बेंगलोर विरुद्ध खेल्दै डेब्यु गरेका थिए । उक्त खेलमा उनले पार्थिव पटेललाई आउट गरेका थिए ।

सन्दीप नेपालबाट ओडिआई र टी२०आई दुवैमा एक विकेट लिने पहिलो बलर हुन् । यस्तै उनको नाममा ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान पनि छ । उनले ४२ खेलमा १०० विकेट लिँदै अफगानिस्तानका रासिद खानको नाममा रहेको कीर्तिमान तोडेका थिए । सन्दीपले ओडिआईमा १२१ विकेट लिइसककेा छन् । यस्तै उनले टी२०आईमा १०८ विकेट लिएका छन् । सन्दीपले दुवै फर्म्याटमा समान ५८ खेल खेलेका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका सन्दीपले सन् २०१८ मा ओडिआई डेब्यु गरेका थिए । उनले टी२०आईमा भने वर्ल्ड ११ बाट खेल्दै वेष्ट इन्डिज विरुद्ध डेब्यु गरेका थिए ।

सन्दीपले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यू-१९ विश्वकप खेलेका थिए । जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले आईपीएलसहित बीबीएल, सीपीएल, बीपीएल, पीएसएल, ग्लोबल टी२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । उनले घरेलु फ्रेन्चाइज लिग इपीएल, डीपएल र पीपीएल पनि खेलेका छन् । यसैगरी विभागीय टोली एपीएफबाट पनि खेलेका छन् ।

Read Full