+
Home › Sports › Cricket › सुमित महर्जन

सुमित महर्जन
नेपाल, ब्याट्समेन

Full Name: सुमित महर्जन
Nationality: नेपाल
Position: ब्याट्समेन

ललितपुरका सुमित महर्जन दायाँ हाते टप अर्डर/मिडल अर्टर ब्याटर हुन् । आवश्यकता अनुसार उनी ओपनिङ र मिडल अर्डरमा ब्याटिङ गर्छन् ।

सुमितले नेपाल यू-१६ राष्ट्रिय टिमको कप्तानी गर्दै कुनै बेला राम्रो सम्भावना देखाएका थिए । तर त्यसपछि सुमितको प्रदर्शन एकनाश हुन सकेन । सुमितको कप्तानीमा नेपालले सन् २०१४ मा मलेसियामा भएको पहिलो संस्करणको एसीसी यू-१६ प्रिमियर कपको उपाधि जितेको थियो । त्यसबेला सुमितको कप्तानीमा खेलेका आसिफ शेख, पवन सर्राफ र रिजन ढकालले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

सानै उमेरदेखि खेलकुदमा रुची राख्ने ललितपुरको महालक्ष्मी नगरपालिकाका सुमितले क्रिकेटभन्दा फुटबल, भलिबल र टेबलटेनिस बढि खेल्थे । तर २०६९ सालमा एसएलसी दिएपछि सुमितले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबाट क्रिकेट सिकेका थिए ।

२७ वर्षीय सुमित सम्भावना भएका ब्याटर भएपनि उनले त्यो अवसरलाई देखाउन सकेनन् ।

सुमित घरेलु क्रिकेटमा विभागीय टोली एपीएफबाट खेल्ने गर्छन् । साथै उनले विभिन्न फ्रेन्चाइज लिग समेत खेलेका छन् । एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स, धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सबाट खेलेका छन् ।

यस्तै नेपाल प्रिमियर लिगमा उनी पहिलो सिजन काठमान्डु गोर्खाजमा आबद्ध थिए । पहिलो सिजन राम्रो हुन नसकेपछि उनी दोस्रो सिजनअघि रिलिज भए । अक्सनमा कसैले अनुबन्ध नगरेपनि उनी लुम्बिनी लायन्सको विकेक कुमार यादव घाइते भएपछि उनको रिप्लेसमेन्ट प्लेअरको रुपमा टिममा समावेश भए लुम्बिनीबाट एनपीएलको दोस्रो संस्करण जिते । लुम्बिनीले तेस्रो सिजनअघि सुमितलाई रिलिज गर्‍यो । यस पटक पनि उनलाई अक्सनमा कसैले लिएन र उनी तेस्रो सिजनमा पुन: काठमान्डु गोर्खाजमा रिप्लेसमेन्ट प्लेअरको रुपमा अनुबन्ध भए ।

Read Full