+
Home › Sports › Cricket › हरिशंकर साह

हरिशंकर साह
नेपाल, अलराउण्डर

Full Name: हरिशंकर साह
Nationality: नेपाल
Position: अलराउण्डर

मधेश प्रदेशका हरिशंकर शाह अलराउण्डर हुन् । उनी बायाँ हाते ब्याटिङ गर्छन् भने दायाँ हाते बलर हुन् । उनी सुरुमा राइट आर्म मिडियम पेस बलर थिए । तर पछिल्लो समय भने स्पीन बलिङ गर्छन् ।

घरेलु क्रिकेटमा मधेश प्रदेशको कप्तानी समेत गरिसकेका हरिशंकर शाह ओपनर देखि मध्यक्रममा ब्याटिङ गर्ने गर्छन् ।

उनले नेपालको राष्ट्रिय टिमबाट ३ ओडिआई म्याच समेत खेलिसकेका छन् । सन् २०२२ नोभेम्बरमा कीर्तिपुरस्थित टीयू मैदानमै भएको युएई विरुद्धको खेलमार्फत उनले नेपालको ओडिआई टिममा डेब्यु गरेका थिए । त्यसपछि उनले युएई विरुद्ध सिरिजमै अर्को खेल खेले भने २०२२ डिसेम्बरमा लिग २ अन्तर्गत कीर्तिपुरमै स्कटल्यान्ड विरुद्ध खेले । त्यसपछि उनी राष्ट्रिय टिममा पर्न सकेनन् ।

उनले मधेश प्रदेशबाट प्रधानमन्त्री कप देखि विभिन्न प्रतियोगितामा कप्तानी गरिसकेका छन् ।

सन् २०२३ मा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा हरिशंकर शाहकै कप्तानीमा मधेशले उपाधि जितेको थियो । फाइनलमा उनकै अलराउण्ड प्रदर्शनमा मधेले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै च्याम्पियन बनेको थियो । जहाँ शाहले ब्याटिङमा ओपनिङ गर्दे २१ बलमा २७ रन जोडेका थिए । मधेशका लागि विशाल पटेलले अविजित ४९ रन बनाएका थिए । मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा शाहले नै घातक बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएपछि आर्मीले पूरा २० ओभर खेल्दै १२४ रन मात्र बनाउन सक्यो ।

शाहले सन् २०१६ देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा कलर्स एक्स फ्याक्टर र भैरहवा ग्ल्याडिएटर्सबाट खेलेका थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उनी काठमान्डु गोर्खाजमा आबद्ध छन् ।

 

Read Full