+
Home › Sports › Cricket › साहिल पटेल

साहिल पटेल
नेपाल, विकेट किपर

Full Name: साहिल पटेल
Nationality: नेपाल
Position: विकेट किपर

बारा कलैयाका साहिल पटेल विकेटकिपर ब्याटर हुन् । उनले नेपालको यू-१९ राष्ट्रिय टिमको लागि खेलिसकेका छन् ।

घरेलु क्रिकेट मधेश प्रदेशबाट खेल्ने साहिलले फ्रेन्चाइज लिगको अनुभव समेत लिइसकेका छन् ।

उनने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन विराटनगर किंग्सबाट खेलेका थिए । जहाा उनले फाफ डु प्लेसी, मार्टिन गप्टिल, सन्दीप लामिछाने जस्ता खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर पाएका थिए ।

नियमित विकेटकिपर ब्याटर लोकेश बम पहिलो रोजाईँमा हुँदा पनि साहिलले एनपीएका विराटनगरको लागि विकेटकिपिङ सम्हाल्ने अवसर पाएका थिए ।

उनले सन् २०२५ मा युएईमा भएको यू-१९ एसिया कपमा नेपाल यु-१९ टिमबाट खेलेका थिए । एनपीएलको तेस्रो सिजनअघि भने उनलाई विराटनगरले रिलिज गर्‍यो र काठमान्डु गोर्खाजले अक्सनबा६ उनलाई अनुबन्ध गरेको हो ।

Read Full