+
Home Sports Cricket विलियम बोसिस्टो

विलियम बोसिस्टो
अस्ट्रेलिया, अलराउण्डर

Full Name: विलियम बोसिस्टो
Nationality: अस्ट्रेलिया
Position: अलराउण्डर

अस्ट्रेलिया यु–१९ टिमका पूर्व कप्तान बोसिस्टोले आईसीसी यू-१९ विश्वकप खेलिसकेका छन् । उनले पहिलो सिजन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिगमा डेब्यु गरेका थिए भने दोस्रो सिजन पनि उनले कर्णालीबाटै खेल्नेछन् ।

३२ वर्षीय बोसिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।

बोसिस्टोले २८ फर्स्ट क्लास क्रिकेट म्याच खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै उनले १७ विकेट पनि लिएका छन् । यस्तै टी२० क्रिकेटमा उनले २१ खेल खेल्दै ४०० रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् । एनपीएलको पहिलो संस्करण खेेलपछि बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खुल्नाका लागि १० खेलमा २ अर्धशतक सहित २९८ रन बनाएका थिए ।

बोसिस्टो लगातार दोस्रो पटक कर्णाली याक्सबाट खेल्न नेपाल आएका हुन् ।  पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनमा कर्णाली पहिलो सिजन प्लेअफ प्रवेश गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

Read Full