+
Home › Sports › Cricket › युवराज खत्री

युवराज खत्री
नेपाल, बलर

Full Name: युवराज खत्री
Nationality: नेपाल
Position: बलर

युवराज खत्री ठुलो सम्भावना बोकेका युवा दायाँ हाते लेग-स्पिन बलर हुन्। सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला अछामको चौरपाटीमा जन्मिएका १९ वर्षीय युवराज मैदानमा आफ्नो जादुमयी लेग-स्पिन र किफायती बलिङका लागि चर्चित छन्।

क्रिकेट विकासमा लागेका बुबा र दाइको प्रेरणाबाट सानै उमेरदेखि अनुशासित रूपमा क्रिकेट यात्रा सुरु गरेका उनी १३ वर्षकै उमेरमा काठमाडौँको सिनियर टोलीको कप्तानी र १४ वर्षमा बागमती प्रदेशको यु-१५ टोलीको नेतृत्व गरेर आफ्नो अद्भूत नेतृत्व र खेल क्षमता प्रमाणित गरिसकेका प्रतिभावान खेलाडी हुन्।

घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबबाट खेल्दै आएका उनले एपीएफका लागि एकै खेलमा ५ विकेट (५/३४) लिँदै सनसनी मच्चाएका थिए।

उनी नेपालको यु–१९ र ‘नेपाल ए’ टोलीका प्रमुख सदस्य हुन्। उनले नेपाल ‘ए’ टोलीका तर्फबाट भारतको आसाम विरुद्ध घातक बलिङ गर्दै मात्र १५ रन खर्चेर ४ विकेट लिएर टोलीलाई ९६ रनको सानदार जित दिलाएका थिए भने अस्ट्रेलियाको डार्विनमा भएको प्रतियोगितामा भिक्टोरियाविरुद्ध २० रन खर्चेर ३ विकेट लिएका थिए।

नेपाल प्रिमियर लिग (एनपीएल) मा उनको यात्रा स्थिरता र भरोसाको प्रतीक बनेको छ। युवराज एनपीएलका सुरुवाती सिजनदेखि नै लगातार कर्णाली याक्स टोलीको एक मुख्य नेपाली स्पिन हतियारका रूपमा रहँदै आएका छन्।

फ्रेन्चाइजले उनको बलिङ कलामाथि ठुलो विश्वास राख्दै उनलाई एनपीएल २०२६ को सिजनका लागि समेत टोलीमा रिटेन गरेको छ।

एनपीएल २०२६ को चालु सिजनमा उनी कप्तान सोमपाल कामीको नेतृत्वमा कर्णाली याक्सको स्पिन आक्रमणलाई धारिलो बनाउन लगातार मैदान उत्रिरहेका छन्।

Read Full