+

युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजको ब्रान्ड एम्बासडर घोषित

२०८२ भदौ  ९ गते २१:०५ २०८२ भदौ ९ गते २१:०५
युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजको ब्रान्ड एम्बासडर घोषित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा क्रिकेटर युवराज खत्री र जोय थापालाई एन्जल्स हार्ट कलेजले आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरेको छ।
  • कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम, प्लस टु सम्मको पूर्ण छात्रवृत्ति र भविष्य विकासमा निरन्तर साथ दिने वाचा गरेको छ।
  • संस्थापक अध्यक्ष लिलबहादुर पुनले भने, ‘युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणको प्रतिविम्ब हुन्— अनुशासन, मेहनत र सफलताको।’

९ भदौ, काठमाडौं । युवा क्रिकेटर युवराज खत्री र जोय थापालाई एन्जल्स हार्ट कलेजको आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरिएको छ ।

युवराज खत्रीले हालसालै नेपाल यु–१९ टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका छन् र प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स फ्रेन्चाइजद्वारा चयन भएका छन् ।

त्यस्तै, जोय थापाले एसीसी इस्ट जोन कप यु–१६ मा दुई अर्धशतक प्रहार गर्दै तथा सिंगापुरविरुद्धको फाइनलमा निर्णायक भूमिका खेल्दै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।

औपचारिक एमओयु हस्ताक्षर कार्यक्रम कलेजका संस्थापक अध्यक्ष श्री लिलबहादुर पुन, प्रधानाचार्य श्री धनबहादुर पुन, साथै दुवै खेलाडीका अभिभावक लोकेन्द्र खत्री (युवराज खत्रीका पिता) र खिमबहादुर थापा (जोय थापाका पिता) को उपस्थितिमा सम्पन्न भएको हो ।

सम्झौता अनुसार, कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम प्रदान गर्ने र साथै प्लस टु सम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको भविष्य विकास, उच्चस्तरीय प्रशिक्षण र व्यावसायिक यात्रामा निरन्तर साथ दिने वाचा गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष श्री लिलबहादुर पुनले भने, ‘एन्जल्स हार्ट कलेजमा हामीले शिक्षा र खेलकुदलाई बराबरी महत्व दिएका छौं । युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणको प्रतिविम्ब हुन्— अनुशासन, मेहनत र सफलताको ।’

त्यस्तै, प्रधानाचार्य श्री धन ब. पुनले थपे, ‘यो कदम कलेजको लागि एउटा ऐतिहासिक पहल हो । यसले विद्यार्थीलाई शिक्षा र खेल एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ । हामीलाई युवराज र जोयमाथि गर्व छ, र भविष्यमा अझ चम्किलो उपलब्धि हासिल गर्ने आशा छ।’

दुवै खेलाडीले कलेज र परिवारप्रति आभार व्यक्त गर्दै, एन्जल्स हार्ट कलेजको भावना र मूल्यलाई मैदानभित्र र बाहिर दुवै स्थानमा उचाल्ने प्रतिज्ञा गरे ।

यस कदमले एन्जल्स हार्ट कलेजले आफ्नो ध्येय — समग्र शिक्षा, युवा नेतृत्व र खेलकुदमा उत्कृष्टतालाई अझ सशक्त बनाएको छ ।

जोय थापा युवराज खत्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय