News Summary
Generated by OK AI. Editorially reviewed.- भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा नेपाल र भारतका गरी २०० भन्दा बढी खेलाडी सहभागी हुने निश्चित भएको छ।
- प्रतियोगिता रोयल एयरपोर्ट होटेल, काठमाडौंमा ९ चरणको स्विस लिग आधारमा बुधबार र बिहीबार सञ्चालन हुने छ।
- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्नेछन् र २ लाखभन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ।
९ भदौ, काठमाडौं । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ ।
रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ ।
प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए ।
प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ ।
बुधबार र बिहीबार हुने सो रेपिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् ।
प्रतिक्रिया 4