
२८ साउन, काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रोत्साहनस्वरुप उनलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4