News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ विधामा सम्मान गर्ने निर्णय गरेको छ।
- भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा समारोह हुने छ।
- सिनियर खेलाडीलाई १–१ लाख, जुनियर र पारा खेलाडीलाई ५०–५० हजार नगदसहित सम्मान गरिने छ।
९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने छ ।
सिनियर/जुनियरमा समान १–१ पुरुष/महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १–१ लाख तथा जुनियर र पारा विधामा समान ५०–५० नगदसहित सम्मान गरिने छ ।
खेलकुद पत्रकार पुरस्कार विधामा समान १–१ पुरुष/महिला समान २०–२० हजार नगदसहित सम्मानित हुने छन् ।
त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४–४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट २ लाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २–२ लाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।
उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानिय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
प्रतिक्रिया 4