News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली भेट्रान खेलाडीले माल्दिभ्समा भएको प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा ९ पदक जितेका छन्।
- नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जितेको टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन्।
- राजेन्द्र कपालीले १ स्वर्ण र २ रजत, सुरज वज्राचार्यले २ रजत र १ कांस्य, धन महर्जनले १ रजत, पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान १–१ कांस्य जितेका छन्।
९ भदौ, काठमाडौं । नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् ।
माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य जितेको हाल माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।
कपालीले १ स्वर्ण र २ रजत जिते । सुरज वज्राचार्यले २ रजत र १ कांस्य हात पारे । धन महर्जनले १ रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान १–१ कांस्य जिते ।
कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले हासिल गरेको यो उपलब्धी हालसम्मै ठूलो हो ।
प्रतिक्रिया 4