News Summary
Generated by OK AI. Editorially reviewed.- ओमान क्रिकेटले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि १७ सदस्यीय टोली घोषणा गरेको छ।
- ओमान टोलीको कप्तानी जतिन्दर सिंहले गर्नेछन्।
९ भदौ, काठमाडौं । आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि ओमान क्रिकेटले १७ सदस्यीय टोली घोषणा गरेको छ ।
पहिलोपटक एसिया कप खेल्न लागेको ओमान टोलीको कप्तानी जतिन्दर सिंहले गर्ने छन् । ओमानले सन् २०२४ मा भएको एसीसी प्रिमियर कपमा उपविजेता बनेर यो प्रतियोगितामा स्थान बनाएको हो ।
सिंहसँगै युवा ब्याटर हम्माद मिर्जा टोलीका आकर्षण मानिएका छन्, जसले भारतविरुद्धको एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्मरणीय खेल देखाएका थिए । मध्यमक्रममा विनायक शुक्ला र मोहम्मद नदिमले स्थिरता दिने अपेक्षा गरिएको छ ।
बलिङतर्फ, हसनैन अली शाह, मोहम्मद इमरान र बायाँहाते फास्ट बलर फैसल शाहले पेस बलिङ सम्हाल्नेछन् । सुफ्यान महमुद र शकील अहमदले स्पीन आक्रमणको नेतृत्व गर्नेछन् ।
ओमानको १७ सदस्यीय टोली: जतिन्दर सिंह (कप्तान), हम्माद मिर्जा, विनायक शुक्ला (विकेटकिपर), सुफ्यान युसुफ (विकेटकिपर), आशिष ओडेढेरा, आमिर कलीम, मोहम्मद नदिम, सुफ्यान महमुद, आर्यन बिष्ट, करण सोनावले, जिक्रिया इस्लाम, हसनैन अली शाह, फैसल शाह, मोहम्मद इमरान, नदिम खान, शकील अहमद, समय श्रीवास्तव
प्रतिक्रिया 4