रुबेन ट्रम्पलम्यान
नामिबिया, बलर
नामिबिया, बलर २७ वर्षीय पेस बलर रुबेन ट्रम्पलमनले नामिबियाका लागि ४९ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७३ र टी२० अन्तर्राष्ट्रियमा ४९ विकेट लिएका छन् ।
टी२० विश्वकप २०२४ अन्तर्गत बार्बडोसमा भएको ओमान विरुद्धको खेलमा उनले टी२० करियरका बेस्ट बलिङ गरेका थिए । जसमा उनले २१ रन खर्चेर ४ विकेट लिएका थिए ।
यस्तै टी-२० अन्तर्राष्ट्रियमा उनले २६७ रन समेत बनाएका छन् । जसमा ४६ रन उनको व्यक्तिगत उच्च स्कोर हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।
२०२५ अक्टोबरमा दक्षिण अफ्रिकासँगको टी-२० मा ऐतिहासिक जित निकाल्दा ट्रम्पलमनले महत्वपूर्ण ३ विकेट लिनुका साथै अविजित ११ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाको डर्बनमा जन्मिएका ट्रम्पलमन दक्षिण अफ्रिकाको डोमेस्टिक सिस्टमबाट आएका हुन् । तर आफ्नो बुबा जन्मेको देश नामिबियाका लागि खेल्न थालेपछि उनी चर्चामा आए ।
उनले सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसयता उनी नामिबियाका मुख्य पेस बलरको रूपमा छन् । उनीसँग धेरै भेरिएसन पनि छ । उनी १४० किमी प्रति घण्टाको गतिमा बलिङ गर्न सक्छन् ।
उनले तीन पटक टी-२० विश्वकप खेलेका छन् । उनीसँग नेपालमा आएर खेलेको अनुभव पनि छ ।
Read Fullप्लेयर्स टु वाच


















