अरनिको यादव
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर मधेश प्रदेश बारा जिल्लाका अरनिको यादव अलराउण्डर हुन् । बायाँ हाते मिडल अर्डर ब्याटर हुन् भने बायाँ हाते स्पीन बलर हुन् ।
अरनिकोले पहिलो सिजन जनकपुर बोल्ट्सबाट एनपीएल खेल्दै उपाधि जितेका थिए । दोस्रो सिजनमा उनलाई टिमले रिजिल गर्दा कुनै पनि टिमले अनुबन्ध गरेन । तेस्रो सिजनका लागि उनलाई दोस्रो सिजनको विजेता लुम्बिनी लायन्सले अक्सनबाट अनुबन्ध गरेको छ ।
घरेलु क्रिमेट मधेश प्रदेशबाट खेल्छन् । उनले अप्रिलमा भएको पीएम कपमा नेपाल पुलिस क्लब र एपीएफ विरुद्ध सानदार ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए । वीरगन्जमा भएको खेलमा एपीएफ विरुद्ध ८६ रन बनाएका उनले पुलिस विरुद्ध अविजित ६५ रन जोडेका थिए ।
आवश्यक पर्दा अरनिकोले स्पीन बलिङ गर्दै टिमलाई योगदान पनि दिनेछन् । शेर मल्ल, अभिशेष गौतम र तिलकराज भण्डारी जस्ता स्पीनर रहेको टिम लुम्बिनीमा अरनिकोले पहिलो रोजाईामा खेल्न प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
Read Fullप्लेयर्स टु वाच


















