शमिम हुसेन
बंगलादेश, अलराउण्डर
बंगलादेश, अलराउण्डर बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।
हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीबाट आफ्नो क्रिकेट यात्रा अघि बढाएका थिए। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि उनले बंगलादेशको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आफ्नो क्षमता देखाएका छन्।
टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित हुसेनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा पदार्पण गरेका थिए। पदार्पण शृङ्खलाको तेस्रो खेलमा उनले १५ बलमा अविजित ३१ रन बनाउँदै बंगलादेशको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पनि पदार्पण गरेका थिए।
घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि हुसेनको प्रदर्शन उल्लेखनीय छ। बंगलादेश प्रिमियर लिग (बीपीएल) को सन् २०२४–२५ सिजनमा चिट्टागङ किङ्सबाट खेल्दै उनले ३५२ रन बनाएका थिए। करिब १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
ब्याटिङसँगै दायाँहाते अफ स्पिन बलिङ गर्न सक्ने हुसेनले लुम्बिनीलाई अतिरिक्त बलिङ विकल्प पनि दिनेछन्।
Read Fullप्लेयर्स टु वाच

















