तिलक राज भण्डारी
नेपाल, बलर
नेपाल, बलर
Full Name:
तिलक राज भण्डारी
Nationality:
नेपाल
Position:
बलर
तिलक राज भण्डारी नेपालको सम्भावना बोकेका युवा स्पीनर हुन् । रुपन्देही बुटवलका लेग स्पीनर तिलक राज भण्डारी लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्छन् । उनी पहिलो सिजनदेखि नै लुम्बिनी लायन्ससँग आबद्ध छन् ।
दोस्रो सिजन लुम्बिनीले एनपीएलको उपाधि जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए । उनलाई लुम्बिनीले पहिलो सिजन १० लाखमा अनुबन्ध गरेको थियो भने त्यसपछि दोस्रो र तेस्रो सिजनका लागि लुम्बिनीले रिटेन गरेको थियो ।
घरेलु क्रिकेट लुम्बिनी प्रदेशबाट खेल्ने उनले केही समयअघि जय ट्रफी भने बागमती प्रदेशबाट खेलेका थिए ।
यस्तै तिलकले नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् र नेपाली क्रिकेटको राम्रो सम्भावना भएका खेलाडी हुन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















