दिलिप नाथ
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर डरेलधुराका दिलिप नाथ बायाँहाते विकेटकिपर ब्याटर हुन् । उनले नेपालका लागि ४ ओडिआई खेल खेलिसकेका छन् ।
दोस्रो सिजनमा लुम्बिनी लायन्सबाट खेल्दै उपाधि जितेका दिलिप नाथ तेस्रो सिजन पनि लुम्बिनी लायन्सबाट नै खेल्दैछन् । उनलाई तेस्रो सिजन लुम्बिनीले रिटेन गरेको हो ।
पहिलो सिजन दिलिप नाथ पोखरा एभेन्जर्समा अनुबन्ध थिए । तर दोस्रो सिजनअघि पोखराले दिलिपलाई रिलिज गरेको थियो । दोस्रो सिजनमा लुम्बिनीले दिलिपलाई अनुबन्ध गरेको थियो ।
एनपीएल दोस्रो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दा दिलिपले विजयी रन प्रहार गरेका थिए ।
दिलिपले नेपालका लागि सन् २०२२ मा कीर्तिपुरमा भएको मलेसिया विरुद्धको खेलबाट टी२०आईमा डेब्यु गरेका थिए । त्यसपछि उनले नेपालका लागि सोही वर्ष थप तीन टी२०आई म्याच खेले भने त्यसपछि उनले राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । उनले ९ लिस्ट ए म्याच पनि खेलेका छन् ।
Read Full
प्लेयर्स टु वाच

















