+
Home Sports Cricket इमरान ताहिर

इमरान ताहिर
दक्षिण अफ्रिका, बलर

Full Name: इमरान ताहिर
Nationality: दक्षिण अफ्रिका
Position: बलर

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन् । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् ।

ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन् । भारतको आईपीएलमा राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन् ।

सन् २०१९ मा चेन्नईबाट खेल्दा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए ।्

यसका अलावा उनले बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आईएलटी-२०, एसएटी-२० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

Read Full