+
Home › Sports › Cricket › विकास आग्री

विकास आग्री
नेपाल, अलराउण्डर

Full Name: विकास आग्री
Nationality: नेपाल
Position: अलराउण्डर

सुदूरपश्चिमका विकास आग्री मिडियम पेस बलिङ अल राउण्डर हुन् । लोअर अर्डरमा ब्याटिङ गर्न सक्ने उनी दायाँ हाते मिडियम पेसर हुन् ।

घरेलु क्रिकेट सुदूरपश्चिम प्रदेशबाट खेल्ने उनले नेपाल ए का लागि १ खेल पनि खेलेका छन् । उनले सन् २०२४ मा कीर्तिपुरमा आयरल्यान्ड ए विरुद्ध नेपाल ए टिमबाट खेलेका थिए र १ विकेट लिएका थिए ।

आग्री नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो सिजन लुम्बिनी लायन्समा आबद्ध थिए । उनले एनपीएल डेब्युमा कर्णाली याक्स विरुद्ध ३ विकेट लिएका थिए । तर दोस्रो सिजनअघि भने उनी रिलिज भए र जनकपुर बोल्ट्सले अनुबन्ध गरेको थियो । जनकपुरले तेस्रो सिजनका लागि पनि आग्रीलाई रिटेन गरेको छ । तर उनले मैदानमा भने खासै अवसर पाएका छैनन् ।

Read Full